Admin Login

आँबूखैरेनी गाउँपालिका, गाउँकार्यपालिकाकाे कार्यालय गण्डकी प्रदेश, तनहुँ, नेपाल डिजिटल प्रोफाईल सिस्टम

  • 065-540082
  • akruralmunicipality73@gmail.com
  • गृह पृष्ठ
  • परिचय
  • चिनारी
  • संस्थागत बिबरण
1. परिचय
१.१ पृष्ठभूमि

परापूर्वकालदेखि तनहुँ जिल्लामा अवस्थित यस भूमिमा ऋषि, महर्षि तपस्वीहरुले तपस्याको लागि प्रयोग गरेको देखिन्छ । पौराणिक कथनका आधारमा यस गाउँपालिकाभित्र ऋषि, महर्षि तपस्वीहरुको आँपको बृहत् बगैंचा भएकोले आँबु र आसपासमा खयरको समेत जङ्गल रहेकाले खैरेनीे भन्ने चलनबाट अपभ्रंम्सभई आँबुखैरेनी नाम रहन गएको भनाइ छ । त्यसैगरी संस्कृत भाषामा आ.व.को अर्थ पानी÷खोला रहेकोर छिम्केश्वरी मन्दिरलाई तीन तिरबाट खोलाले घेरेकाले आबु रहन गएको खैरेनी चौतारा आसपास खयरको जङ्गल रहेकाले यस ठाउँको नाम आँबुखैरनी रहन गएको भनाइ छ ।यस गाउँपालिका तनहुँ जिल्लाको ऐतिहासिक, धार्मिक रुपले पवित्रभूमिको रुपमा रहेको छ । भौगोलिकरुपमा लेक, वेशी, पहाड भू बनोटको विविधता पाईन्छ ।

  • गृह पृष्ठ
  • चिनारी